दफा ११५
असल नियतले गरेको काममा बचाउ
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरुको अधीनमा रही असल नियतले गरेको कुनै काम कारबाहीको सम्बन्धमा बोर्ड वा बोर्डको कुनै कर्मचारी व्यक्तिगत वा सामूहिक रुपमा जवाफदेही हुने छैन ।